प्रदेश नं १ को छैटौँ प्रदेशसभा बैठक आगामी जेठ १४ गते

राष्ट्रिय समाचार समिति

विराटनगर, ६ जेठ: प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको छैटौँ बैठक यही जेठ १४ का लागि आज आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १४ गते दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले उक्त प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया