प्रदेश १ मा ‘पल शाह’को फिल्म चल्न नदिने चेतावनी ?

admin

काठमाडौं, १४ फागुन : आफूमाथि दु’र्व्यवहार गर्ने अभिनेता पल शाहले निखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् ।

पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले माफी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् । एक म्युजिक भिडियोको सुटिङका लागि अहिले धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ’क्रमण गरेको प्रधानले आरोप लगाएका छन् ।

प्रधानले शाहको दु’र्व्यवहारविरुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उजूरी समेत दर्ता गराएका छन् । उजूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई शुक्रबार बोलाएको छ । पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । भिडियोको सुटिङ भने बिहिबार सकिएको छ ।

प्रतिक्रिया