प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्विरमा जुत्ता प्रहार, ४ प्रहरी नियन्त्रणमा

admin

धनुषा: भुक्तानि नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार गरेपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

आज जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरिरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफुहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै विरोधमा उत्रिएपछिे रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई नियन्त्रणमा लिएका हो ।

यसअघि उनीहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालयमा गत सोमबार तालाबन्दी गरेका थिए । यहीँ विषयलाई लिएर प्रतिपक्षी दल तथा सत्तापक्षकै सांसदहरुले पनि प्रदेशसभा बैठक अवरुद्ध गरिरहेका छन् । गत आर्थिक वर्षमा सम्पन्न ५ सय ९० योजनाको करिव ९२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्रतिक्रिया