प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का उत्पन्न गर्‍यो : कृष्ण पहाडी

admin

काठमाडौं, ८ माघ : मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । समाज कैलालीको बिहीबारको कार्यक्रममा मानव अधिकारवादी पहाडीले प्रतिनिधि सभा विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे ।

‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनर्स्थापनाको पक्षमा लाग्न जरुरी छ’, उनले भने । पहाडीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का उत्पन्न गरेको विचार व्यक्त गरे ।

प्रतिक्रिया