प्रधानमन्त्रीको गृह जिल्लामा वीर गोर्खाली अभियानमा जोडिए हजारौं युवा

admin

झापा: प्रधानमन्त्री केपि शर्मा ओलिको गृहजिल्ला झापामा वीर गोर्खाली अभियानको संगठन विस्तारले तिब्रता पाएको छ।

हिन्दुराज्य र राजसंस्था पुनःस्थापनाको मुल एजेन्डा बोकेको अभियानले जिल्लाको प्रमुख शहर बिर्तामोड , दमक र सुरुङ्गामा वीर गोर्खालीको भातृ संगठन एटिएफ फोर्समा युवाहरूको आकर्षण बढ्दो देखिएको छ।

अभियानमा जोडिदै हजारौ युवाहरू अभियानको एजेण्डामा समर्पित भएको अभियानका प्रमुख नगेन्द्र देउजाले जानकारी दिएका छ्न ।

संगठन विस्तारको क्रममा भोलि शनिबार सुनसरि जिल्लाको इटहरीमा दिउँसो ११ बजे हजारौ युवाहरु अभियानमा जोडिने कार्यक्रम रहेको एटिएफ संयोजक सन्तोष राजावादीले जनाएका छ्न । वीर गोर्खाली अभियान हिन्दुराज्य र राजसंस्था पुनस्थापनाको लागि देशदौडाहामा सक्रिय भएर लागिरहेको छ।

प्रतिक्रिया