प्रधानमन्त्रीको गृहजिल्लामा जसपाका कार्यकर्ता र प्र’हरीबीच झ’डप, चार जना घा’इते

Birendra Oli

भद्रपुर : प्रधानमन्त्रीको गृहनगर दमकमा जनता समाजवादी पार्टीले निकालिएको राँके जुलुस क्रममा सुरक्षाकर्मीसँग झ’डप भएको छ। झ’डपमा जनता समाजवादी पार्टीका दुई कार्यकर्तासहित चार जना घा’इते भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले दमकमा शनिबार बेलुका राँके जुलुस प्रदर्शन गरेका थिए।

सुरक्षाकर्मीले राँके प्रदर्शन रोक्न खोज्दा दुवै पक्षबीच झ’डप भएको थियो। झडपमा परी झापा जिल्ला अध्यक्ष दिपेनवाला राई र युवा संगठनका तोया न्यौपाने घा’इते भएका छन्। राईको हात र न्यौपानेको निधारमा चो’ट लागेको बताइएको छ।

त्यस्तै प्र’हरीतर्फ प्र’हरी सहायक निरीक्षक र प्र’हरी जवान सामान्य घाइते भएको इलाका प्र’हरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिए। घा’इतेहरूको स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्। पार्टी कार्यालयबाट निकालिएको राँके जुलुसलाई सशस्त्र र नेपाल प्र’हरीले रोक्न खोज्दा १० मिनेट दुवै पक्षबीच घम्साघम्सी भएको पार्टीका जिल्ला अध्यक्ष राईले बताए।

यता राँके जुलुस प्रदर्शनपछि दमक चोकमा आयोजित कोणसभामा बोल्दै जसपाका नेताहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको जिकिर गरेका छन्। अहिलेको संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद् विघटनको अधिकार नदिएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरिनुपर्ने उनीहरूले बताएका छन्।

प्रतिक्रिया