प्रधानमन्त्री ओलीका पक्षमा इलाममा प्र’द’र्शन

राष्ट्रिय समाचार समिति

मंगलबारे, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जन’प्र’दर्शन गरिएको छ । अनेरास्ववियु इलामको अ’गुवाइमा भएको जन’प्र’दर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।

‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित प्लेकार्ड बोकेका युवाहरुले इलामको ठूलो टँुडिखेलबाट निकालिएको ¥याली बजार परिक्रमा गरी चोक बजारमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा भेला भएका युवाले अहिलेको समय प्रधानमन्त्री फेर्ने नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न नेकपाका नेतृत्वलाई आग्रह गर्नुभयो । नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका युवाले जनताको अभिमतको मान्न आग्रह गर्नुभयो ।

सो अवसरमा अशोेक खतिवडाले प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनावि’रु’द्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  खेमसागर खनालले देश विकास, रोजगारीको अवसर, समतामूलक समाज निर्माण गर्न पनि हरेक सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया