प्रधानमन्त्री ओलीको तुइन विस्थापन योजना अझै एक वर्ष पूरा नहुने

admin

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन गर्ने योजना चालू आर्थिक वर्षमा पनि सम्पन्न नहुने देखिएको छ । हाल विस्थापन हुन बाँकी १८ तुइनमा झोलुंगे पुल निर्माण यही आर्थिक वर्षमा पूरा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीइ पूर्वाधार विभागले बताएको छ । प्रधानमन्त्री ओलीले २०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र मुलुकभर रहेका तुइन विस्थापन गर्ने अभियान घोषणा गरेका थिए ।


त्यसको ४ वर्षपछि बल्ल तुइन विस्थापनको घोषणा सम्पन्न हुनेतिर उन्मुख देखिएको छ । विभागका अनुसार कात्तिकसम्म विभिन्न ३६ जिल्लामा रहेका १२४ तुइन विस्थापित भई तिनका ठाउँमा झालुगें पुल निर्माण भइसकेका छन् । भने १८ वटा झोलुंगे पुल निर्माणाधीन अवस्थामा छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छिन् ।

प्रतिक्रिया