प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन, नियन्त्रण गर्न प्रहरीलाई हम्य हम्य (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन भएको छ । बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेलामा ओलीका समर्थकले केही दिन देखि सडकमा प्रदर्शन गर्दै आएका छन् ।

बाँकी भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया