प्रधानमन्त्री ओलीद्वारा अभिताभ बच्चनलाई स्वास्थ्यलाभको कामना

admin

काठमाडौं, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ७७ वर्षिय बच्चनलाई कोरोना संक्रमणपछि शनिवार राति मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गर्नुभएको छ । अभिताभले आफ्नो ‘पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला’ भन्ने जानकारी पनि ट्वीटमार्फत् दिएका छन् ।

यसैबीच, ऐश्वर्या र आरध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्र सरकारका स्वास्थ्यमन्त्री राजेस टोपेले दुवै जनालाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको छ । जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया