प्रधानमन्त्री ओलीद्वारा भोलि देशवासीका नाममा सम्बोधन

admin

काठमाडौं, ३१ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन (भोलि) बुधबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रतिक्रिया