प्रधानमन्त्री ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

admin

काठमाडौं, १ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ सालको अवसरमा सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सन्देश नेपाल टेलिभिजन र अन्य विभिन्न सञ्चारमाध्यहरूले प्रत्यक्ष प्रशारण हुने सचिवालयले जनाएको छ। सम्बोधनमा महामारीको क्षति र त्यसमा सरकारको कदमबारे पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशवासीलाई आग्रह गर्नेछन्। यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा पनि प्रधानमन्त्री ओलीकाे सम्बोधनमा उल्लेख गर्नेछन्।

२०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ। कोरोनाले मात्र होइन राजनीतिक रुपमा समेत वर्ष २०७७ पीडादायी नै रह्यो। यस सन्दर्भका पनि मूख्य घटनाहरु र त्यसले सरकारका कामलाई परेका बाधाका बारेमा प्रधानमन्त्रीको सम्बोधनमा समेटिनेछन्।

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम गर्‍यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने बताइएको छ।

प्रतिक्रिया