प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरी किन बोलाए बालुवाटार ?

admin

काठमाडौं, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले दाहाललाई फोन गरेर बालुवाटार बोलाएका हुन् । शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको दाहालले जानकारी दिए ।

‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको धेरै फोन आयो मलाई धेरै समयपछि म एउटा गाउँपालिका भवन उद्घाटन गर्न जाँदैछु, तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु, मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो ।,’ कार्यक्रममा उनले भने ।

प्रधानमन्त्री ओलीसँग उक्त गाउँपालिकाको बाटो निर्माणका लागि आफूले भनिदिने आश्वासन पनि दिए । दाहालले भने, ‘उहाँको फोन आएपछि तपाईंले के भन्न खोजेको हो ? यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु । मेरो तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’ संसद विघटनपछि टाढिएका ओली र दाहालबीच पुसमा पनि टेलिफोन संवाद भएको थियो ।

२३ फागुनको सर्वोच्च फैसलाले ओली र दाहालको पार्टी समेत अलग अलग भएको छ । ओलीले जनता समाजवादी दलको समर्थन लिने प्रयास गरिरहेका छन् भने दाहाल कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रयासमा छन् । यस्तो अवस्थामा ओलीले दाहाललाई गरिएको फोन अर्थपूर्ण छ ।

प्रतिक्रिया