प्रधानमन्त्री ओलीले बुवाबाट आशीर्वाद लिँदै मनाए ७०औं जन्मदिन (फोटोफिचर)

admin

काठमाडौं, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सीमित परिवारका सदस्यको उपस्थितिसँगै पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए । जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उपस्थित भएका थिए ।

ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए । ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको थियो ।

प्रतिक्रिया