प्रधानमन्त्री ओलीविरुद्ध भारतीय मिडियाले सीमा नाघेको भन्दै प्रवक्ता श्रेष्ठ आक्रोशित

अस्मिता बेल्बासे

काठमाडौं, २५ असार : भारती मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा अनर्गल प्रचार गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।

नेपाल सरकार र प्रधानमन्त्रीको बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको उनको टिप्पणी छ । बिहीबार सामाजिक ट्विटरमार्फत श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं । बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

 

प्रतिक्रिया