प्रधानमन्त्री ओली औद्योगिक पार्क शिलान्यास गर्न झापामा

admin

काठमाडौं, १६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् । नेपाल-चीन औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेका हुन् ।

दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीनमैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो ।

यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ । १ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर बनाउन लागिएको पार्क निर्माणका लागि ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । प्रधानमन्त्री ओली (आज) आइतबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।

सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार प्रधानमन्त्रीले फागुन १० गते कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र शिलान्यास गरिसकेका छन् ।

यसैगरी फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र फागुन १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्रको पनि शिलान्यास भइसकेको छ ।

प्रतिक्रिया