‘प्रधानमन्त्री ओली भारतको निर्देशनमा संघीय लोकतान्त्रिक व्यवस्थालाई समाप्त पार्न लागिपरेका छन्’

admin
  • नेकपा एमालेको माधव समूहका नेता
    रामप्रसाद रिजाल

काठमाडौं, १२ असार : नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको लम्पसारवादी अभिनन्दन, नेपाली झण्डाको अपमान, भारतसंग अरुण लगाएतका नेपालको हित विपरीत समझौताहरु, लिपुलेक सहितको नक्सा जारी गर्ने तर प्रकाशन गर्न रोक्ने हर्कत, भारतीय दुतावासका कर्मचारीको चिट्ठीको भरमा विषादीयुक्त तरकारी नरोक्ने लगाएतका राष्ट्रघाती निर्णयहरु ओलीले गरे ।

ओलीको जसपाका राजेन्द्र महतो र महन्थ ठाकुर सँगको अपवित्र गठबंधन नागरिकता संशोधन विधेयक चुरे सम्पदा बेच्ने निर्णय र मधेशवादी दलका वहमुत सदस्यहरु सम्मिलित मन्त्रीमन्डल गठनबाट ओलीको नक्कली राष्ट्रवाद निर्वस्त्र भैसकेको छ । एमाले विभाजनको घोषणा भएको भोलीपल्ट ओलीलाई दुधमा डुवेको झिंगा फाले झै फाल्छन् ।

अहिलेको भारत को मुख्य डिजाइन भनेको ओलीबाट प्रतिनिधि सभा विघटन गराउने त्यो पुरा भैसक्यो निर्धारित मिति कार्तिक मंसिरमा चुनाव नगराउने अनि संविधानलाई सक्रिय नबनाउने संविधान सकृय नबनाई सकेपछी राष्ट्रपति शासन लगाउने । अनि अहिलेको संघिय लोकतान्त्रिक व्यवस्थालाई कोल्याप्स गर्ने र कम्युनिस्टहरूलाई कमजोर बनाएर भारतले आफ्नो उद्देश्यहरु पुरा गराउने र नेपाललाई भारतको उपनिवेश जस्तो बनाउने भारतको योजनामा ओली भारतीय प्रयोग भइरहेका छन् ।

भारतले नेपालको मधेशमा विद्रोह नहोस् भनेर संविधान जारी गराउन पहल गर्नु अस्वभाविक थिएन, तर यसमा भारतको द्वैध रणनीति थियो । भारत स्वयंम मधेशवादी दलहरूलाई असंतुष्ट राख्न चाहान्थ्यो १२ बुंदे समझौता पछी नँया संविधान घोषणा नै पहिलो यस्तो नेपाल को राजनीति घटनाक्रम थियो जसमा भारतलाई वाइपास गरिएको थियो । तत्कालीन एमाले कांग्रेस र माओवादीहरु मिलेर जारी गरेको नँया संविधान प्रति भारत सन्तुष्ट थिएन ।

मधेसवादीका माग सम्बोधन गर्न कांग्रेस माओवादी केन्द्र लगायत दलहरु सहमत नै थिए, तर एमाले अध्यक्ष केपी ओलीले मधेशका जनतालाई युपी विहारका हुन भन्दै उग्र कटाक्षका साथ उपेक्षा गर्दै नँया संविधानमा मधेसका मागलाई समेट्न दिएनन । संविधान जारी पछि मधेशवादी दलहरु असन्तोषजनक भएको घटनामा भारतले नेपालमा अघोषित नाकावन्दी गराईदियो । ओली भर्सेज मधेशवादी दल र भारत जस्तो परिस्थिति बन्यो ।

नाकावन्दी पछि नेपालमा भारत विरोधी भावना उग्र रुपमा बढ्यो यसैबेला ओलीले आफूलाई महान राष्ट्रवादी सावित गर्ने मौंका पाए । भारतको नाकावन्दीको खास उद्देश्य भनेको नेपालीको राष्ट्रवादी भावानाकै जगमा आफ्ना सेवक नोकर ओलीलाई स्थापित गर्ने चाल थियो कि भन्ने शंका छ । भारतले बुझेको थियो नेपालीहरुमा उग्र राष्ट्रवादी भावना छ, यही भावनालाई बुझेर सच्चा राष्ट्रवादीलाई सत्तामा आउन दिनु भन्दा आफ्नो वफादार सेवक ओलीलाई नै किन नेपाल को सत्तामा स्थापित नगर्ने ?

नेपाली राष्ट्रवादी संवेदना भजाएर ओली जस्ता नक्कली राष्ट्रवादी राष्ट्रघाटी भारतका दास लाई भारतले नेपालको सत्तामा स्थापित गर्यो जसको परिणाम अहिले हामी सबै राष्ट्रप्रेमी नेपालीहरु ले खेपिरहेका छौं । ओली भारतको निर्देशनमा संघीय लोकतांत्रिक व्यवस्थालाई नै समाप्त पार्न न्वारन देखिको बल लगाईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू