प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप

admin

काठमाडौं, २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान उनले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गरेका छन् । उनले कोरोना विरुद्धको खोपले लगाइसकेपछि आफूलाई कुनै स्वास्थ्य समस्या नदेखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरे ।

यसअघि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन् । सरकारले आज आइतबारदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन सुरु गरेको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया