प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

admin

काठमाडौं, मंसिर ११ : भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार बिहान काठमाण्डौ आउनुभएका शृङ्गलाले प्रधानमन्त्री निवास बालुवार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको हो । उहाँहरुबीच साँझ भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाबीच भेटवार्ता भएको थियो । सिंहदरबारमा भएको भेटमा भारतीय विदेश सचिव शृङ्गलाले कोरोनाको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले कोरोनाविरुद्धको खोप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । दुई दिने भ्रमणका लागि आउनुभएका शृङ्गला शुक्रबार दिउँसो एक बजे स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया