‘प्रधानमन्त्री ज्युको कार्य सम्पादन गरेको मुल्यांकन मार्कसिटको कुनै अर्थ छैन’ (विचार)

मनिषा थापा

– खगेन्द्र हमाल

सुर्खेत : केही समय पहिला आफ्नो स्वास्थ्य परिक्षण गराएर आफ्नो कार्य क्षेत्रमा फर्किनु भएका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युले आफ्ना सल्लाहकारहरुलाई तत्काल राजीनामा गराउनु भयो। मन्त्री मण्डल पुनर्गठन पनि गर्नुभयो।अन्तत मन्त्री परिषदको पुनर्गठन पनि भयो। केहि मन्त्री बाहिर, केहि मन्त्री भित्र,केहि मन्त्रालय फेरिएका फेरिए र नवनियुक्त मन्त्रीहरुले सपथग्रहण पनि गरि सक्नु भएको छ। तर बाहिर हल्ला र जनमासले आपेक्षा गरेजस्तो परिणाम भने देखिएन।

यो एउटा टेलर हुन सक्छ पूरा फिल्म त बाकी नै होला तर स्थितिमा आमूल परिवर्तन हुन्छ भन्ने कुरामा आशा मात्रै गर्न सकियो।वा कस्तो गजबको निर्णय अनि नयाँ मन्त्रीहरु आए भन्नलाई सरपराईज लिएर बसेका तपाई हामी जस्ता स्वतन्त्र नागरिकलाई भने हात्ती आयो हात्ती गयो फुस्स भएको छ।

लेखक खगेन्द्र हमाल

भागबन्डामा मन्त्री मण्डल बन्यो झुक्किएर केही मन्त्री राम्रा परे केहि खराब फालिए तर यो मुलुकको विकासको लागि अति आवश्यक क्षमतावान ब्यक्तिहरुको छनौट चाहिँ भएको होइन।यसले नतिजा दियो भने अचम्म परिएला झनक त्यस्तो चाहिँ देखिएन।मन्त्रीहरुको जिम्मेवारी मात्रै बदलिएको भएपनि प्रधानमन्त्री ज्युको तारिफ हो।त्यो कार्य सम्पादन गरेको मार्कसिट बनाउने प्रधानमन्त्री ज्युले मार्कसिटलाई बुलसिटमा परिणत गरिदिनुभयो।प्रदीप ज्ञावाली ८९ प्रतिशत ल्याएर प्रथम र गोकर्ण बिस्ट ८१ प्रतिशत ल्याएर दोस्रो भएका समाचारहरु गलत हुनभने माफगर्नुहोला।यदि यो सत्य हो भने सेकेन्ड पोजिसन ल्याउने गोकर्ण बिस्ट नअट्नु दुर्भाग्य हो।

गरिव,दुखी,पीडित नेपाली जनताका छोराछोरीहरुलाई ठग्ने,चुस्नेहरुको कठाल्नो समात्ने धेरै हदसम्मको सफल प्रयास गर्न पुर्व साहसी श्रम मन्त्री गोकर्ण बिष्टको मन्त्री पद गएको खबरले काठमाडौमा लाखौको रक्सी बिकेछ।नेता र म्यानपावरहरुको चाकडी र कमिसन दुबै नलिनेले प्रधानमन्त्रीको मार्कसिटमा ८१ ओभर ल्याएर पनि केही फरक नपर्ने रहेछ भन्ने संदेश गएको छ।समाजिक शुरक्षा कार्यक्रमले युगै परिवर्तन भयो,नयाँ युगको शुरूवात भयो भनेर पोलपोलमा प्रधानमन्त्रीको पोस्टर टासियो।ग्लु किन्नेले कमिसन नखाएको भए अहिलेसम्म पनि ती पोस्टरहरु पोलपोलमा देखिन्थे होला।तर नेपालमा नयाँ युगको शुरूवात भयो भनेर आधार दिने मन्त्री नै नअट्ने यो कस्तो युग हो?गरिव पीडितहरुको न्यायको निम्ति तत्काल कदम चाल्ने मन्त्री अहिलेसम्म नदेखिएको कुरा सत्य हो देखिएन।म्यानपावरका एजेन्टहरु खारेज भए।लाईसेन्स लिने धरौटी वृद्धि भयो।सातै प्रदेशमा र बिदेशी नियोगमा सम्मेत पुन श्रम स्वीकृती लिने ब्यवस्था भयो।कलसेन्टर श्रमवेस,कृषि रोजगारीमा रहेकाहरुका लागि कल्याणकारी सेवा अनि मलेसिया जाने नेपालीहरुबाट बर्माकुट मच्चाईएको बायुमेट्रीक सेन्टरको खारेजी लगायतका धेरै महत्त्वपूर्ण उपलब्धि दिलाएका मन्त्री गोकर्ण बिष्टको नाम काट्दा प्रधानमन्त्री ज्युको हात डगमाएन होला। नयाँ श्रम मन्त्री ज्युले यो भन्दा राम्रो काम गर्नुहोला शुभकामना।ठुलै क्षति भयो बर्बादै भयो भनेको चाहिँ होइन तर प्रधानमन्त्रीको मार्कसिटमा (high number) ल्याउनुको के अर्थ? र ती लाखौं बिदेशिएका युवाहरूले आशा र भरोसा गर्न थालिसकेका थिए ती नेपाली युवाहरुको मनमा एकपटक ठेस लागेको छ।

हामी सधै हाम्रा नेताहरु प्रती आशाबादी छौ।माक्सबादी चिन्तन र दलाल पुजिबादका कट्टर बिरोधि नेता घनश्याम भुसाल कृषि मन्त्री हुनुभएको छ।कृषिप्रधान देशका लागि एकदमै आशा लाग्दा नेता मन्त्री हुनुभएको छ।सरकार र शिर्ष नेताहरु दलाल र माफियाहरुबाट घेरिएका छन भनेर नाकै अगाडि भन्न सक्ने छाती भएका नेताहरु मध्यका एक हुन घनश्याम भुसाल।कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्न्ने नेतामा कहलिन्छन उनी। भोलि के गर्लान् त्यो प्रतीक्षा र मुल्यांकनको बिषय हो।बोलिमा देखिएको त्यो आदर्श ब्यवहारमा हेर्न नेपाली जनता ललायत छन।नवनियुक्त मन्त्री घनश्याम भुसालले धेरै केही गर्नु पर्दैन मात्र आफुले बोलेको भाषणको भिडियोहरु प्रत्येक दिनमा एकपटक हेरे पुग्छ।एउटा निर्मम सत्य भन्नुभएको छ तपाईंले हाम्रा पार्टीका नेताहरुसंग दिनमा दशपटक सयजना भन्दा बढी दलालहरुको भेटघाट हुन्छ।तपाईंले ठिक यसैगरि भन्दा तपाईकै अगाडी प्रमुख अतिथिको रूपमा आसिन हुनुभएका तपाईंका पार्टीका अध्यक्ष मंचमा उपस्थित हुनुहुन्थ्यो।दिनमा सयजना दलाल र माफियाहरु भेट्ने नेताले तपाईंको मुखमा बुझो लगाईदिन कृषि मन्त्रीको पद दिएका हुनभने र त्यो बुझोले तपाईंको आदर्शलाई ढाक्यो भने त्यो बेला दिनमा सयजना भेट्न तपाई पनि चुक्नुभएन भनेर नेपाली जनताले निष्कर्ष निकाल्नेछन।

मैले कृषि मन्त्रालयको जिम्मेवारी पाए के गर्नु भन्नुहोला। नफल्ने बिउले किसान रोएका छन। मलको अभाव त सधैको तनाव हो।यसमाथि मनपरि मूल्य तोकेर किटनासक बिसादी औसधिहरु बेचेर किसानहरुलाई मारमा पार्ने औसधि ब्यवसायिहरुको बिगबिगी छ।नक्कली किसानहरु ब्याप्त छन।अनुदान लिने आईडिया कहोकचोकमा कोकको भाउमा बिक्री भएको छ। तर नआतिनुहोस ईजरायल,कोरिया लगायतका मुलुकहरुमा अत्याधुनिक कृषि अनुभवी युवाहरू धेरै छन।ती युवाहरुको हातमा हात काधमा काध राखी तपाईंले साथ दिन सक्नुभयो भने र सहि परिचालन गरि स्वदेश बोलाउन सक्नुभयो भने कृषिमा हामी सफल हुन्छौ तपाईंको कार्यकालमा यो देश समृद्ध हुन्छ।कृषि सम्बन्धित अनुभव भएका सक्षम युवाहरूलाई टिकट पठाईदिनुहोस। रोजगारीको ग्यारेन्टी दिनुहोस।खेतबारीमा सुन फलाउन सक्ने युवाहरू बिदेशमा छन जो स्वदेश आउन चाहान्छन।

कृषि अनुदान दिलाई दिए बापत कमिसन खाने दलालहरु भोलि बिहान देखि तपाई कहाँ सेल्फी खिच्न आउनेछन। हो त्यस्ता दलालहरुलाई कानको जाली फुट्नेगरी घोक्रेठ्याक लगाएर लखेट्ने साहस गर्नुहोला। हाम्रो यताको निर्यातलाई सखाप पारेर उनको उताको बिषालु खाद्यान्न खाद्य उत्पादनको आयत बढाउनेहरुलाई समयमै चिन्न सक्नुभएन भने अर्कोपटक भुमिसुधार मन्त्री बन्नुहोला।खेती योग्य जमिनलाई प्लट प्लटमा बेच्न सफलता मिल्नेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा घनश्याम भुसाल जस्तो नेता प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुन सकेको भए आशा गर्ने अरु धेरै ठाउँहरु थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू