प्रधानमन्त्री तथा राष्ट्रपतिविरुद्ध लागेका नेता नेपालप्रति जनता आक्रोसित

admin

काठमाडौं, २२ असार : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउने हात धोएर लागेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध जनता आक्रोसित भएका छन् ।

नेता माधव नेपाल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट हटाउने साथै राष्ट्रपतिलाई महाअभियोग लगाई हटाउने भारतीय ग्राण्ड डिजाईनको मुख्य भूमिकामा भित्र भित्रै खेल खेलेको सार्वजनिक भएसँगै जनता आक्रोसित भएका हुन् ।

भारतीय ग्राण्ड डिजाईनमा केपी ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजिनामा माग्ने नेता नेपाललाई काठमाडौं क्षेत्र नं. २ का जनताले आगामी निर्वाचनामा भोट नदिने उद्घोष गरेका छन् ।

नाम नखुलाउने नेता नेपाल निकट तथा छिमेकी समेत रहेका एक स्थानीयले भने ‘हामीले नेकपाको मुख हेरेर माधव नेपाललाई भोट दिएको हो । नेकपाले जनताको लागि केही गर्छ जसमा पनि केपी ओलीको नेतृत्वमा मुलुकले विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा अघि बढाउँछ भन्ने अपेक्षाले भोट दिएका हौं । तर नेता नेपालले भारतीय ग्राण्डडिजाईनमा ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने जुन राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा राष्ट्रिय अखण्डताको विरुद्धमा जुन खेल खेलिरहेका छन् । त्यो हामीले राम्ररी बुझेका छौं । पहिले जस्तै आगामी निर्वाचनमा नेता नेपालको संसदको यात्रा वन्द गराउँछौं ।’

आगामी निर्वाचनमा कुनै पनि हालतमा हराएरै छोड्ने काठमाडौं क्षेत्र नं. २ का अन्य जनताले समेत उद्घोष गर्दै अब मुलुकको नेतृत्व हैन, संसदको ढोका समेत सधैंको लागि बन्द गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री केपी ओलीको चट्टानी अडानका कारण राष्ट्रको शिर उचो हुँदै गएको समयमा नेपाललाई फिजि बनाउने खेलमा समेत नेता नेपाल लागेको भन्दै उक्त स्थानका जनताले आक्रोस समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका गुमेको नेपाली भूमि समेत फिर्ता ल्याउने दृढ संकल्पका साथ नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दै ओली राजनेता बन्न सफल भएको उल्लेख गर्दै ती जनताले सरकारले ल्याएको नागरिकता विधेयकले नेपाल फिजी हुनबाट बच्ने समेत बताए ।

तर, नेता नेपालले भारतीयलाई नागरिकता दिनुपर्ने भन्दै भारतसँग सहकार्य गर्दै विदेशबाट नेपाल विवाह गरी नेपाल आउनसाथ नागरिकता दिनुपर्नेमा भित्रि खेल खेलिरहेको बुझिएकाले राष्ट्रघाती नेता नेपाललाई निर्वाचनको समयमा नाङ्गेझार बनाउने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया