प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुख

admin

काठमाडौं : नेपालमा जुन राजनीतिक जिम्मेवारी पाइन्छ त्यो भन्दा एकपद तल त्यसपछि कल्पना पनि गरिदैन । फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले भने प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखको पद रोज्नु भएको छ ।

स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिनु भएका उहाँ प्रधानमन्त्रीको कार्यब्यस्तताका कारण निर्वाचनका बेला एकपटक पनि आफ्नो नगरपालिकामा प्रचारप्रसार जानु भएन ।

आफ्ना ईमान्दार कार्यकर्ता र उनको ईमान्दारिताका कारण निर्वाचनमा उपस्थित नै नहुँदा पनि उहाँलाई जिताएपछि उहाँले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर नगरप्रमुखमै बस्ने निर्णय गर्नु भएको हो । फिलिप नगरप्रमुखमा विजयी भएको फ्रान्सका सञ्चार माध्यमले जनाएका छन् ।

कम बोल्ने, देश र समाजका लागि चौबिसै घण्टा काममा खटिने र निस्कलंकित उनको छविका कारण राष्ट्रपति एमानुयल माक्रोंले उहाँलाई १५ मे २०१७ मा प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो ।

शुक्रबार उहाँले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनु भएको हो । प्रधानमन्त्री पदबाट राजीनामा गरि नगरप्रमुख बनेर फिलिपले धेरैलाई आश्चर्यमा पारिदिनु भएको छ ।

प्रतिक्रिया