प्रधानमन्त्री भएपछि पहिलोपटक स्कटल्याण्ड भ्रमणमा जाँदै देउवा

admin

काठमाडौं, ८ असोज : सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो विदेश भ्रमणका रुपमा स्कटल्याण्ड जान लाग्नुभएको छ ।

आगामी स्कटल्याण्डमा अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उहाँ जान लाग्नुभएको छ ।

स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) सम्मेलन हुँदैछ । प्रधानमन्त्री देउवाले सम्मेलनमा भाग लिने सन्दर्भमा बेलायती कूटनीतिज्ञ एवं कोप–२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटी र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।

उक्त छलफलपछि बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए।

प्रतिक्रिया