प्रधानसेनापति ‘पूर्णचन्द्र थापा’ सेल्फ क्वरेण्टीनमा

admin

काठमाडौं, ११ असोज : प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि, नेपाली सेनाका प्रधानसेनापति महारथी थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

शनिबार भान्सेमा कार्यरत ती सदस्यमा संक्रमण पुष्टि भएको हो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बसेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया