प्रधानाध्यापक ३० हजार घुस सहित प*क्राउ

admin
  • खगेन्द्र हमाल 

दैलेख: दैलेख नौमुले गाउँपालिका वडा न:१ मा रहेको भैरव माध्यमिक बिधालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीवार ३० हजार रकम घुस सहित अख्तियारको टोलिले नियन्त्रणमा लिएको छ।

प्रधानाध्यापक सिंहले चौमासिक तलब र दशै खर्च निकासा गरिदिने भन्दै पटकपटक घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलिले घुस रकमसहित रङ्गेहात फेला पारेको हो। उजुरीपछि अख्तियार अनुसन्धान कार्यलय सुर्खेतबाट खटिएको बिशेश टोलिले प्रधानाध्यापक सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिईएको अख्तियार अनुसन्धान आयोग कार्यलय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिनुभयो।

प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका वडा न:१ मा रहेको एनएमबि बैंकको साखा प्रबंधकको कार्यकक्षबाट नियन्त्रणमा लिएको हो।प्रधानाध्यापक सिंहमाथी थप अनुसन्धान भैरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया