प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै ओलीका सल्लाहकारको ट्वीट : पदको लाज त जोगाउनुहोस्

admin

काठमाडौं, २३ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेताहरुबीच टीकाटिप्पणी बढ्न थालेको छ ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै ट्वीट गरेका छन् ।

‘इनफ इज इनफ’ भन्दै उनले प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट लेखेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’

उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै अगाडि लेखेका छन्, ‘देश संवेदनशील मोडमा छ, महसुस होस् ।’

प्रतिक्रिया