प्रवीण बाँस्तोला मृत्यु-प्रकरण: एक जना थुनामा, अर्का धरौटीमा रिहा

admin

विराटनगर, फागुन १३ : उर्लाबारीका प्रवीण बाँस्तोलाको ‘रहस्यमय मृ’त्यु’ प्रकरणमा दुईमध्ये एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने अर्का एक जना आरोपी तीन लाख धरौटीमा छुटेका छन्।

प’क्राउ परेका मोरङका रतुवामाई- १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उर्लाबारी- ९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

मोरङ जिल्ला अदालतको ७ नम्बर इजलासका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले यस्तो आदेश दिएको हो। उर्लाबारी- ५ का बाँस्तोलाको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृ’त्यु भएको थियो। प्रवीणको हत्या आरोपमा ६ जना विरूद्ध मु’द्दा दायर गरिएको थियो। मु’द्दा दायर गरेकामध्ये चार जना फरार छन्।

प्रतिक्रिया