प्रवीन ह’त्या प्रकरण : ६ जनावि’रुद्ध कर्तव्य ज्यान मुद्दा, २ प’क्राउ

admin

विराटनगर : शं’कास्पद अवस्थामा मृ’त भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको ह’त्यामा संलग्न रहेको आरोपमा ६ जनावि’रुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। उर्लाबारी नगरपालिका–५ प्रवीनको ह’त्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्या’न मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ।

सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा प’क्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरू’द्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो। प्रहरीले प’क्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी मोरङ रतुवामाई नगरपालिका– १० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

सोही मुद्दामा प्रवीनका साथीहरू उर्लावारी–६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल र प्रवीनको श’व भेटिएको घरधनी उर्लावारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो। अदालतमा अभियोग दर्ता भएपछि प’क्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।

प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए। मोरङ प्र’हरीका प्रमुख एसपी सन्तोष खड्काले घ’टनामा संलग्न दुई जना प्रतिवादीलाई प’क्राउ गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए।

प्र’हरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेकखाले टिकाटिप्पणी गरेको पाइयो’ एसपी खड्काले भने, ‘तथ्यमा रहेर प्र’हरीले अनुसन्धान गरेको छ। अनुसन्धानमा संलग्न प्र’हरीले घ’टनामा लापरबाही गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौं।’ खड्काले सामाजिक सञ्जालमा अनुसन्धान प्रतिवेदन नक्कली बनाइयो भनेर प्र’हरीलाई आरोप लगाए पनि त्यसो नभएको स्पस्टपारे।

प्रवीनको पुस ५ गते श’व भेटिएको थिए। प्रवीनका बुबा प्रेमले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेलीवि’रुद्ध किटानी जाहेरी दिए। प्रह’रीले फरेन्सिक प्रतिवेदन आउन ढिलाइ भएको भन्दै प’क्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते छोडिदियो।

जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनबमोजिम प्रतिवादी छोडिएपछि घ’टनामा प्रहरीको मिलेमतो रहेको मृ’तक परिवारले आ’शंका गरे। अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार र सोमबार इलाका प्र’हरी कार्यालय उर्लाबारीमा परिवारजनले नाराबाजीसमेत गरे।

उनीहरूले मंगलबार विराटनगरस्थित सरकारी वकिलको कार्यालयसमेत घेराउ गरेका थिए। प्रवीनको मिसिलमा प्रहरले गत फोटो राखेको पाइएपछि आफन्तजन थप सशंकित बनेका हुन्।

प्रतिक्रिया