प्रसारण रोकिएको ‘बाङ्गो टिङ्गो’लाई थाती राखदै ‘बाल भो’ सिरिज प्रसारण सुरु

अस्मिता बेल्बासे

काठमाडौं, २४ असार : लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको ‘बाङ्गो टिङ्गो’ लाई थाती राखदै ‘बाल भो !’ सिरिजको प्रसारण सुरु भएको छ ।

पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै भएको थियो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शोहरू पनि प्रभावित भएका थिए ।

यस्तै अब ‘बाल भो !’ को ३ भाग युट्युबमा हेर्न सकिन्छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेवसिरिज एग्रो मेडिया प्रा.लि.ले निर्माण गरेको छ । यस सिरिजको निर्देशन/छायांकन सुशिल पाण्डेले गरेका छन् ।

समाजका विभिन्न पाटोहरूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्रसारण गर्ने योजना रहेको सुशील पाण्डेले बताएका छन् ।

यसैगरी सिरिजमा अर्जुन खनाल, सुशिल पाण्डे, गणेश कंडेल, प्रमिला खत्री र अस्मिता दाहालको मूख्य भूमिका रहेको छ । ‘बाल भो !’ को यस अङ्कमा महिलामाथि हुने दु’र्व्यवहार र हिं’सालाई विषयवस्तु बनाइएको छ ।

पुरा भिडियो हेर्नुस् ।

प्रतिक्रिया