प्रसुति वार्डको डरलाग्दो दृश्य : गर्भवती महिलाको पेटमा चढेर, झाप्पट हानेर गराउछन डेलिभरी, धेरै चिच्याए मुख नै थुन्दिन्छन नर्सहरु

रिता घिसिंग

पिएनपिखबर : बच्चाको जन्म हुनु आफैमा खुसिको कुरा हो। हरेक परिवारमा बच्चा आउने खुसियालीमा पुजा गर्ने, उत्सव मनाउने गर्छन। कतिले त पुजा आराधना गर्ने नै गर्ने गर्छन। तर एक यस्तो ठाउँ छ जहा बच्चा आउने समयमा खुसियालीका साथ स्वागत गर्नुको सट्टा गालिले गर्ने गर्छन। प्रसवको समयमा महिलाहरुले यस्तो तिरस्कार सहन बाध्य छन् कि जुन कुनै पनि पुरुषले कल्पनासमेत गर्न सक्दैनन्। प्रसवको समयमा पिडा त हुन्छ नै त्यतिबेला महिलालाई माया, प्रेरणा र साथको धेरै जरुरि हुन्छ त्यहाँको गाली सुनेर हरेक महिलालाई आमा बन्नु अभिसाप नै लाग्न थाल्छ। भारतीय मिडियाले २८ दिनसम्म गरिएको अनुसन्धानमा प्रसव पिडामा रहेकी महिलालाई डाक्टर र नर्सहरुले दुर्ब्यबहार गर्ने गरेको खुलासा भएको छ।

हाराणा भूपाल अस्पताल जयपुरमा प्रसव वेदनामा रहेकी महिलालाई व्यथाले च्याप्छ। उनी अचानक चिच्याउन थाल्छिन्। गर्भवती महिला चिच्याएको सुनेपछि नर्सले आफूलाई धेरै रिस उठाए थप्पड हान्ने धम्की दिन्छिन्। वेदनामा रहेकी महिला डरले आफ्नो दुई हातले मुख बन्द गर्छिन्।

उनका आँखाबाट आँशु रोकिँदैनन्। नर्सले अन्य स्टापलाई ती महिलालाई तत्काल उपचार नगर्न भन्छिन्। उनले राति १२ बच्चे बच्चा जन्माउँछन्।

महात्मा गांधी अस्पतालमा एक महिला प्रसुति वार्डमा रहेकी महिलाको पेटमा जोडले थिचिरहेका थिए। त्यहि छेउमा अर्को महिला चिच्याई रहेका थिए। नर्सले भनिन ‘जति चिच्याउन बल लगाउछौ त्यो बल बच्चा निकाल्नमा लगाऊ। आफै बल लगाउन सक्दैनौ भने श्रीमानलाई बोलाऊ त्यो आएर बल लगाउछ।’

रा. चिकित्सालय, विजयनगरमा डेलिभरी हुन् लागेकी महिला प्रसव पिडा सहन नसकेर रुइरहेका हुन्छ। सोहि बेला एक नर्सले कति रोएको अस्पताल नै थर्कियो चुप लागेर बस नत्र म बाहिर निकालदिन्छु।

केहि अस्पतालहरुमा भने प्रसुति वार्डमा पिडाले छटपटीएकी महिलामाथि डिलीवरीको लागि नर्स महिलाको पेटमाथि चढेकोसमेत फेला परेको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया