प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)

admin

काठमाडौं, २८ चैत : नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो ।

१ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए ।

प्रहरी प्रधान कार्यालयको सूचीअनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ । काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई पठाइएको छ ।

काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ ।

रुपन्देही स्थित इलाका प्र’हरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई पठाइएको छ । पूर्वी नवलपरासी स्थित ईलाका प्रहरी कार्यालय गैँडाकोटमा लक्ष्मी पाण्डे खनालको सरुवा भएको छ ।

saruwa-insp-janapad-2077-12-28

प्रतिक्रिया