प्रहरीको तीब्र खोजीमा युट्युबर सञ्जिव रेग्मी

admin

काठमाडौं, ३० भदाै : विभिन्न व्यक्तिहरुलाई अ भद्र व्यवहार गरेको आरोप लागेका युट्युबर सञ्जिव रेग्मीलाई प क्राउ गर्न प्रह रीलाई बाटो खुलेको छ । उनले आफूलाई प क्राउ नगराउन उच्च अदालतबाट निषेधाज्ञा नपाउने भएका छन् ।

आज उच्च अदालतका न्यायाधीश इश्वरराज आचार्य र मिना गौतम सेढाईंको संयुक्त इजलासले युट्युबर रेग्मीलाई निषेधाज्ञाको आदेश दिन नपर्ने आदेश गरेसँगै लुक्दै हिडेका रेग्मीलाई प क्राउ गर्न प्रह रीलाई बाटो खुलेको हो ।

आफूलाई पत्रकार बताउने युट्युबर रेग्मी विरुद्ध विभिन्न व्यक्तिहरुलाई मानहानीदेखि अभद्र व्यवहारसम्म गरेका दर्जनौ उजुरी परेपछि प्रह रीबाट प क्राउ नपर्न निषेधाज्ञाको आदेश लिन उच्च अदालत पाटन पुगेका रेग्मीको निषेधाज्ञाले निरन्तरता नपाउने भएको हो । ‘प्रतिष्ठित व्यक्तिहरुलाई समाजमा नंग्याउने अभियान’ चलाएका रेग्मीलाई प्रहरीले खोजीको उच्च निगरानीमा राखेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया