प्रहरीको मोटरसाइकल लिएर भागेका कारागार नाइके भारतमा पक्राउ

admin

काठमाडौं, १० माघ : दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका नाइके यमराज परियार प क्रा उ परेका छन्। परियारलाई प्र ह रीले भारतबाट प क्रा उ गरेको हो।

परियारलाई भारतबाट आजै घोराही ल्याउने तयारी गरिएको छ। परियार गएको पुस ८ गते दिउँसो प्र ह रीको मोटरसाइकल लिएर भागेका थिए।
परियारले आफूलाई उपचार गर्न ल्याउने प्र ह री जवान धनबहादुर चौधरीलाई होटलमा भुलाएर प्रहरीको लु ३१ प ४१० नम्बरको १५० सीसीको निलो-कालो पल्सर मोटरसाइकलसहित फरार भएका थिए।

प्र ह रीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि परियारको खोजीमा लागेको थियो। उनी बस्ने ठाउँको यकिन गरेपछि दुई दिन अगाडि दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द प्रसाद रिजाल भारत गएका थिए।

कर्तव्य ज्या न मु द्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो। प्र ह रीले सोमवार बेलुकी नै पत्रकार सम्मेलन गरेर घ ट ना बारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

२० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। उपचारमा हतकडी नै नलगाएर लगेका कारण उनी सहजै भाग्न सफल भएको अनुसन्धानबाट खुलेको थियो।

कैदी भागेको प्रकरणमा प्र ह री जवान चौधरी र एक महिला कारागार चलान भएका छन्। जेलर युवराज परियार, सुरक्षा प्रमुख असई रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु पनि निलम्बनमा परेका छन्।

प्रतिक्रिया