प्रहरीबाट फेरी षड्यन्त्रको गन्ध आइरहेको छ, दिलिप बिष्टका दाइले खोले सनसनीपूर्ण रहस्य [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। उखुबारीमा मृत भेटिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त हत्याको अभियोगमा प्रहरीले भिमदत्त नगरपालिका–१९ बस्ने दिलिप सिंह बिष्टलाई पक्राउ गरेको थियो। दिलिप यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगेर एक बर्षअघि मात्रै रिहा भएका थिए।

उनीमाथि गहिरो अनुसन्धान पछि उनको डीनए रिपोर्ट नमिलेको भन्दै उनी रिहा भएका थिए। उनी रिहा भए पछि जेलमा दिईएको यातना साथै उनले भोगेका सजायहरु समेत मिडियामा खुलस्त पारिसकेका छन्। कन्चनपुर वासीले पनि गलत मान्छेलाई पक्रेर केस यत्तिकै डिसमिस गर्न खोजेकोमा विरोध जनाएका थिए। निर्मलाको न्यायको लागि हरदम आवाज उठाउने क्रममा गलत मान्छेलाई पक्रेर आम जनताको आँखामा धुलो हाल्न नखोज्न आव्ह्वान गरेका थिए। अझै पनि कन्चनपुरवासी निर्मलाको न्यायको लागि निरन्तर लागि परेका छन्।

दोषी भनिएका दिलिप बिष्टका दाजुले पनि अहिले मिडियामा आफ्ना केहि भनाई राखेका छन्। उनले आफ्नो भाईको आनीबानीको बारेमा पनि खुलस्त पारे। पहिला देखि नै मानसिक सन्तुलन गुमाएका दिलिप बिष्ट जेलबाट फर्केर पनि उस्तै हर्कत देखाउन थाले। उनी जे काम गरे नि गरेको गर्यै गर्ने गर्न थाले। खान दिए नि खान दिएन भन्ने, रातभरि उठेर नुहाउने, नसुत्ने, अजिबको हर्कत गर्ने गरेकाले उनको दाईले उपचार गर्न भनेर काठमाडौँ लगे।

दिलीपका दाई भन्छन् ,’दिलिप दोषी होइन। मैले नि कसको के बिगरिदिएको छु र। यो कुरामा कन्चनपुर वासीले साथ दिए। खुसि छु। अब सन्चो भएर आएसी को को प्रहरीले जेलमा उसलाई चरम याताना दिएका थिए उसैले भन्छ। अनि सजाय उनीहरुले पनि पाउनु पर्छ।’ उनको भनाई अनुसार प्रहरीले अझै पनि दिलिपलाई एकपटक भेट्न उनलाई अपिल गरिरहेको छ।

प्रहरीको टोलि मिलेर नै निर्मला हत्याकाण्डलाई दबाउन खोजेका छन्। उनी भन्छन् ,’उनीहरुले अपराधीलाई समरक्षण गरिरहेका छन्। अपराधी खोजेर पाइने कुरा हो र। मलाई त प्रहरी तर्फबाट नै षड्यन्त्रको गन्ध आइरहेको छ। ‘

प्रतिक्रिया

सम्बन्धित समाचारहरू