प्रहरीले पक्राउ गरी लगेर गैरन्यायिक तरिकाले गोली हान्यो; अभियुक्त विष्णु लामाका आफन्त

admin

अभियुक्त विष्णु लामाकाआफन्तलेप्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोलीहानेको आरोप लगाएकाछन् । २७पौषमाजोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजाखाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोलीहानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्तीजनाए ।

रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी विष्णु लामाकीपत्नीमनमायालामाले पतिलाई सादापोशाकमाआएकाप्रहरीले नियन्त्रणमा लिएपछि गोलीहानेको आरोप लगाइन् । उनले प्रश्नगरिन्, यसरी गोलीहान्न पाइन्छ ? यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ । सुरक्षाकालागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको मागगर्दै गोलीहान्नेमाथि कडा कारबाहीगरिनुपर्ने बताइन् ।
मनमायाले आफ्नापतिलाई कानुनअनुसार कारबाहीहुनुपर्ने पक्षमाआफूपनि रहेको तर गोलीहान्नेविरुद्ध कानुनीउपचारमाजाने बताइन् । उनले भनिन्, यस्तै हो भने प्रहरीले जोकोहीलाई मार्दै हिंड्नेछ । विष्णु लामालाई गोलीहान्नआदेश दिनेमाथि समेत कारबाहीहुनुपर्ने उनको मागथियो । श्रीमानबाँचेको भन्दै खुट्टामागोलीलागेपछि बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्नगरिन् । दुईबच्चासहितपत्रकार सम्मेलनमाउपस्थितमनमायाले घटनाको छानविन हुनुपर्ने मागगरिन् ।

घाइते अवस्थामाउपचाररत पतिलाई प्रहरीले भेट्न समेत नदिएको उनको भनाई थियो । पक्राउ गरी गोलीहानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने बताइन् । उनले भनिन्, जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोलीहानिएको छ ।

कार्यक्रममा नेकपा पार्टी अध्यक्षतथाजील्ला सदस्यपदमबहादुर श्रेष्ठले विष्णु लामालाई सरकारद्धारा लगाइएकाअभियोग जायज रहेको भन्दैगोली नै हान्ने कदमन्यायोचितनभएको बताए । पक्राउ गरेपछिअन्य ठाँउमा लगेर गोलीहानिएको भन्दै निष्पक्ष छानविनको माग गरे । फरार अभियुक्त विष्णुलामालाई झठो मद्दा लगाएर गोलीहानिएको उनको आरोप थियो । वीर अस्पतालमा उपचारको क्रममा रहेको विष्णुको आफ्न्त समेतलाई भेट्न दिएको छैन् भन्दै आपत्तीजनाएका छन् ।

विष्णु लामाकाभाईविश्वलामाले आफ्नै अगाडि दाजुलाई सादापोशाकको प्रहरीले लिएर गएको बताए । प्रहरीका सामु आत्मसमर्पण गरेपछि हथकडी लगाइएको र त्यसपछि अन्यत्र लगेर गोलीहानिएको खुलाए । कानुनसम्मतकारबाहीहुनुपर्नेमा गैरन्यायिकतरिकाले गोलीहानिएको बताए । पक्राउ पछि प्रहरीमाखोजीकालागिजाँदागोलीहानी घाइते भएको खबर साँझमाथाहापाएको जानकारी दिए । आफूलाई अस्पतालमा डाकिएको तर माथिको आदेश भन्दै भेट्न नदिइएको बताए ।

प्रतिक्रिया