प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान चलायो, एकैदिन १ सय २८ जना नियन्त्रणमा

admin

बारा, २१ असार : बारामा मास्क प्रयोग नगर्नेहरुलाई प्रहरीले कारबाही गर्ने अभियान चलाएको छ । मास्क प्रयोग नगरि सार्वजनिक स्थानमा हिँडडुल गर्ने एक सय २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

कलैया बजारका विभिन्न चोकबाट मास्क प्रयोग नगर्ने व्यापारी, बटुवा र सवारी चालक जस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

नियन्त्रणमा लिएकाहरुलाई संक्रामक रोग निवारण ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत जनही एक सय रुपैयाँ जरिवाना लिएर मास्क प्रयोग गर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।

शुक्रबारसम्म मास्क प्रयोग गर्न आग्रह सहित माइकिङ गरिएको र शनिबारदेखि मास्कको प्रयोग नगर्नेलाई काबाही गर्न थालिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताका छन् ।

 

प्रतिक्रिया