प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ

admin

मोरङ, २१ साउन :  १ नम्बर प्रदेश प्र हरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्र हरीले प क्राउ गरेको छ ।

प क्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका-६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र धनकुटा शहिदभूमि गाउँपालिका-३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राईबाट नगद १ लाख १८ हजार रपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद २ लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्र हरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरेको हो ।

उनीहरु उपर शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्र हरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया