प्रहरी देखेपछि स्कुटर छाडेर भाग्ने ३ जना पेस्तोलसहित पक्राउ

admin

काठमाडौं, २० साउन : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्र हरीले पेस्तोल सहित ३ जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप थापा र १९ वर्षका सुजन मगर छन् ।

स्कुटरमा सवार उनीहरुको साथबाट १ थान पेस्तोल, म्यागाजिन र पाँच राउण्ड गोली बरामद गरिएको महानगरीय प्र हरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

महानगरीय प्र हरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले विकेश मगरको झोलाबाट २ थान खुकुरी र गाँजा पनि बरामद गरेको छ ।

आरोपीहरुबारे महारागञ्ज वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ । उनीहरु प्र हरी चेकजाँच देखेपछि चलाइरहेको स्कुटर सडकमै छाडेर भागेका थिए । प्र हरी टोलीले पिछा पर्दै गएर उनीहरुलाई प क्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया