प्र’हरी र ला’गुऔषध कारोबारीबीच भीडन्त: एक जनाको मृ’त्यु, चार गम्भीर घा’इते

राष्ट्रिय समाचार समिति

जलेश्वर, १२ जेठ: महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति ला’गुऔषध कारोबारीसँग प्र’हरीको भी’डन्त हुँदा एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्र’हरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्र’हरी ला’गुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई प’क्राउ गरेको जनाइएको छ ।

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा ला’गुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्र’हरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्र’हरी र ला’गुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भी’डन्त भएको थियो ।

चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आ’क्रमण गर्न खोजेको र प्र’हरीले आत्मरक्षाका लागि गो’ली चलाउँदा अभियुक्त राजनको घ’टनास्थलमै मृ’त्यु भएको हो । उनीमाथि ६ राउण्ड गो’ली लागेको थियो ।


सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई प’क्राउ गर्नसमेत सफल भएको प्र’हरी उपरीक्षक अधिकारीले बताउनुभयो । घ’टनास्थलबाट केही मात्रामा ला’गुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ । सो भीडन्तमा प्र’हरी हवल्दार सञ्जीव पासवान तथा प्र’हरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घा’इते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।

प्रतिक्रिया