प्रहरी हेडक्वार्टरका थप १८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १६ साउन : प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार थप १८ जनालाई पुष्टि भएसँगै संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ ।

बिहीबार बिहान ४४ जना प्रहरीमा संक्रमण देखिएकोमा बेलुका फेरि थप १० जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित ७२ जनाकै सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

नक्सालका अरु प्रहरीको पनि कन्ट्याक ट्रेसिङ भइरहेको प्रहरी प्रवक्ता कडायतले बताए । उनका अनुसार कोरोनाको जोखिम बढ्दै गएकाले प्रहरीलाई सावधानी अपनाएर खटिन सर्कुलर जारी गरिएको छ ।

कोरोनाको महामारीमा प्रहरीको भूमिका अझै बढ्नै भएकाले सबैलाई सचेतता अपनाउन सर्कुलर जारी गरिएको कडायतले बताए ।

प्रतिक्रिया