प्राकृतिक वि’पत्ति र दु’र्घट’नाको उच्च जो’खिममा सिन्धुपाल्चोक

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ असार : सिन्धुपाल्चोक जिल्ला प्राकृतिक वि’पत्ति र दु’र्घटनाको उच्च जोखिम बन्दै गएको छ । कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भू’कम्पबाट क्षति, हवाई दु’र्घटना र सडक दु’र्घटना सिन्धुपाल्चोकको चिनारी बन्दै गएको हो ।

विसं २०७१ पछि सिन्धुपाल्चोक जिल्लाले हालसम्म धेरै ठूला प्राकृतिक प्रकोप र दु’र्घटनाको सामना गरिरहनु परेको छ । भू’कम्प, बाढी, पहिरोजस्ता दु’र्घटना मात्रै होइन, पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को सङ्क्रमणबाट ज्या’न गु’माउने पहिलो व्यक्तिमा सिन्धुपाल्चोककै रहेको छ ।

अहिलेको ताजा घ’टनाको कुरा गर्नुपर्दा गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले गएराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुलगायतका ठाउँका दुई दर्जन बढी घर बगाएको छ । २० जना बे’पत्ता भएका छन् भने दुई जनाको श’व फेला परेको छ ।

जिल्ला प्र’हरी कार्यालय सिन्धुपाल्चोकको दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बाह्रबिसे–५ जम्बु बजारका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बे’पत्ता भएका छन् भने घर र टहरो गरी दर्जनौँ बढी बगाएको छ । बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरुपमा कटान गरेको छ ।

खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ । त्यस्तै ठाडो खागदल खोलाले ग्यारेजसहित एकवटा स्कारपियो गाडी, पानी बोक्ने ट्याङ्कर र सडक विभागको पानी बोक्ने ट्रक र बस बगाएको जिल्ला प्र’हरी कार्यालयले जानकारी दिएको छ ।

माथि उल्लेख गरिएको घटना अहिलेको ताजा अवस्थाको घ’टना हो । यी यस्तै धेरै प्राकृतिक विपत्तिका घ’टना तथा ठूला–ठूला दु’र्घटना सिन्धुपाल्चोकले वर्षौ अघिदेखि झेल्दै आएको छ ।

जुरे पहिरो
विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस–५ को इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कूले बालबालीकासहित १४५ जनाले ज्या’न गुमाउनु परेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १५३ घर पूर्णरूपमा ध्व’स्त भएको थियो ।

भोटेकोशी नदी नै थुनिने गरी आएको क’हालिलाग्दो पहिरो दु’र्घट’नामा परी धेरैको आवास गुम्यो, धेरै बेसहारा बने अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिरोले कतिको घरजग्गा गुम्दा गाउँबाटै पलाएन भए । जुरोको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।

विसं २०७२ को भूकम्प
गोरखा, बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्ष’ति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी तीन हजार ५७१ जनाले ज्या’न गु’माए ।

८० हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिएको छैन ।

दुई ठूला हेलिकप्टर दु’र्घटना
सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दु’र्घटना हुदाँ १२ जनाको ज्या’न गएको थियो । जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दु’र्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरीकको मृ’त्यु भएको थियो ।

घ’टना विरण यस्तो छ, २०७२ सालको वैशाख १२ गते पछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागिजाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो ।

नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यूएच वानवाई ह्यु हराएको चौँथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दु’र्घटनाग्र’स्त अवस्थामा फेला पारेको थियो ।

शक्तिशाली पराकम्पनपछि ६ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर मङ्गलबार दिउँसो त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।

त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दु’र्घट’ना भएको थियो । सो दु’र्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्या’न गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।

तीन महिनामा तीन ठूला सडक दु’र्घटना
घटना नं १ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु भएको थियो ।

इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दु’र्घटना भएको हो । एक सय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो ।

घटना नं २ : गत साल कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दु’र्घ’टना हुँदा १७ जनाको मृ’त्यु भएको थियो ।

शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक ब’स दोलखाकोमागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दु’र्घ’टना भएको थियो । चालकको लापरवाहीका कारण बस दु’र्घना भएको भन्दै प्र’हरीले प्रतिवेदन निकालेको थियो ।

घटना नं ३ : दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्या’न गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दु’र्घटनामा परेको थियो ।

“विगत पाँच वर्षदेखि लगातार यस क्षेत्रमा प्राकृतिक विपत्तिका ठूला घ’टनाहरु भइरहेका छन्”, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले भन्नुभयो, “वर्षैपिच्छे हुने घ’टनाले स्थानीय त्रसित हुने गरेका छन् ।”

लगातारको प्राकृतिक विपत्तिबाट हैरानी व्यहोर्दै आएका भोटेकोशी गाउँपालिकाबासीको यतिबेला फेरि सङ्घीय राजधानीसँगको सडक सम्बन्ध टुटेको छ । वर्षा लाग्नसाथ यस क्षेत्रका बासिन्दा सधैं त्रासमा बस्नुपरेको छ ।

प्रतिक्रिया