प्रिती आलेको तीज गीत फरिया उचालीको भिडियो सार्वजनिक

admin

काठमाडौं, १५ साउन : हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तीज गीत सार्वजनिक हुने क्रम बढेको छ यसै क्रममा तिज गीतमा व्यस्त तथा चर्चित गायिका प्रिती आले, शंकर घिमिरे र सृजना श्रेष्ठको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ।

प्रिती आलेको तीज गीतहरु मध्येमा यो गीत अलिक फरक स्वादको रहेको छ। प्रतिभा बोकेका गायक शंकर र सृजना श्रेष्ठले यो गीतमा न्याय दिएका छन्। गायक शंकर घिमिरेलाई सानै देखि आमाले गीत गाउने हौसला दिएको कारण आफु गीत संगीतमा लागेको बताउछन्।

महेश नेपालको शब्द रचना रहेको गीतमा संगीत समिर आचार्यको रहेको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा आयुष्मा कार्की र प्रकाश गुरुङ फिचर्ड छन्। ज्ञानेन्द्र शर्माको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया