प्रिन्स ह्यारी र मेगनले ब्रिटेनको शाही पद छोड्ने, राजपरिवार तनाबमा

मनिषा थापा

पिएनपिखबर : ब्रिटेनकी महारानी एलिजाबेथको नाती प्रिन्स ह्यारीले उनी र उनको श्रीमती मेगन मर्केल अब राज परिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने घोषणा गरेका छन्। उनी अब आफै आर्थिकरूपबाट स्वतन्त्र हुनको लागि काम गर्ने बताएका छन्। ड्यूक र डचेज अफ ससेक्सद्वारा लिइएको यस फैसालाले राजपरिवारलाई सद्मा लागेको छ।

प्रिन्स ह्यारी र मेगनले एक बयान जारी गर्दै अब ब्रिटेन र उत्तरी अमेरिकीमा आफ्नो समय विताउने जनाएका छन्। यस फैसलामा पुग्नु अघि ह्यारीले शाही परिवारका कोहि सँग पनि सल्लाह लिएका थिएनन्। उक्त घोषणा पछि शाही परिवार निराश छ। ह्यारी र मेगानले दरबार छाडेर आर्थिक रुपमा आत्मनिर्भर हुन चाहेको भनेपछि महारानी एलिथावेथलाई पूरा समर्थन गर्ने उल्लेख गरेका छन् ।

अघिल्लो वर्ष प्रिन्स ह्यारीले आफ्नो ठुलो दाई प्रिन्स विलियमबाट मिडियामा आएको मनमुटावको कुरा स्विकारेका थिए। ह्यारी र मेगन दुवैको केहि ब्रिटिश अखबारसँग तनावपूर्ण सम्बन्ध रहँदै पनि आएको छ। उनीहरुले एक च्यारिटी खोल्ने र आर्थिक रूपबाट स्वतन्त्र हुने दिशामा काम गर्ने बताएका छन्।

प्रतिक्रिया