प्रिमियर लिगः लिभरपुलको लज्जास्पद हार

admin

काठमाडौँ, असोज १९ : इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एस्टन भिल्लाले ७–२ ले हराएको छ । गएराति एस्टन भिल्लाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ओली वाट्किन्सले ह्याट्रिक गरे ।

यसैगरी ज्याक ग्रिलिशले दुई गोल गर्दा जोन म्गाक्गीन र रोस बार्क्लेले १–१ गोल गरे । एस्टन भिल्लासामु निरिह देखिएको लिभरपुलका मोहोमद सालाहले दुई गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर युनाईटेडलाई ६–१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा आधा दर्जन गोल बर्साउनेक्रममा हिउङ मिन सन र ह्यारी केनले २–२ गोल गर्दा दोम्बेले र सर्ज औरियरले एक एक गोल थपे ।

म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत एक गोल गरेका थिए । खेलको २८ औं मिनेटमा म्यान्चेस्टरका एन्टोनी मार्टीयलले रातो कार्ड खाएपछि टोली दबाबमा परेको थियो ।प्रिमियर लिगकै अन्य खेलहरुमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ३–० ले हराउँदा आर्सनलले शेफिल्ड युनाईटडलाई २–१ ले पराजित ग¥यो ।

यसैगरी साउथह्याम्पटनले वेष्ट ब्रोमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले फुल्हमलाई १–० ले पाखा लगायो ।इंग्लीश प्रिमियर लिगमा गएरातीका खेलहरुपछि ४ खेलबाट १२ अंक जोडेको एभर्टन शिर्ष स्थानमा छ । दोस्रो देखि पाँचौ स्थानसम्म रहेका एस्टन भिल्ला, लेष्टर सिटी, आर्सनल र लिरभपुलको समान ९–९ अंक रहेको छ । एजेन्सी

प्रतिक्रिया