प्रेम गीत ‘मुटु र तिमी मा’ सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, १३ फागुन : नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ ।

गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।

दर्जन गीतमा स्वर दिई सकेका प्रतिभावान गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ । सञ्चारकर्मी तथा मोडल विकाश लामिछाने संग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन्।

काठमाडौं, सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन्।

भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि. ओ. पी मा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन्।

प्रतिक्रिया