फार्ममा आ’गलागी हुँदा ज’ले १२८ बाख्रा

राष्ट्रिय समाचार समिति

राजापुर, १२ जेठ: बर्दियाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा ज’लेर मरेका छन् । आ’गलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताउनुभयो ।

आ’गलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत ज’लेर नष्ट भएका छन् । विद्युत लाइन सट भई आ’गलागी हुँदा फार्म पूर्ण रुपमा ज’लेर नष्ट भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताउनुभयो । करीब तीन घण्टाको प्रयासमा प्र’हरी र स्थानीयवासी मिलेर आ’गो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया