फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री !

admin

काठमाडौं : फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन्। प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन्।

उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो। संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो। आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन्।

उनले बैठकपछि पत्रकारका प्रश्नको समेत सामना गरेकी छिन्। आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् । उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन्।

हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन्। महिलाहरुको बहुमत रहेको उनको मन्त्रिपरिषदमा तीन मन्त्री पनि ३५ वर्षभन्दा कम उमेरका छन्।

प्रतिक्रिया