फिल्म ‘मिस्टर नेपाली’ काे छायांकन सुरु

रिता घिसिंग

काठमाडौं : अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्म ‘मिस्टर नेपाली’ मा अभिनय गर्ने भएका छन् । यो फिल्ममा अभिनेता भुवनसंग मोडल ,अभिनेत्री रीमा विश्वकर्माले अभिनय गर्ने भएकी छन् ।

‘मिस्टर नेपाली’ फिल्मको छायांकन राजधानीको भद्रकाली मन्दिर परिसरबाट सुरु भएको छ । यो फिल्ममा अभिनेता भुवनले नायक र खलनायक दुबैको भूमिका निभाउने बताइएको छ ।

देवचुली फिल्मसको ब्यानरमा बन्ने यो फिल्मलाई प्रेमराज दाहालले निर्माण गर्दैछन् । फिल्मको लेखन तथा निर्देशन देवनारायण भुसालले गरिरहेका छन् । यो फिल्ममा सुवास भुसाल र दीपक शर्माले संगीत भर्नेछन् भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

फिल्म ‘मिस्टर नेपाली’मा अभिनेता भुवन र अभिनेत्री रीमा विश्वकर्मासंगै बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तव लगायतका कलकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया