फुटबल खेल्दा आन्द्रा ३ ठाउँमा चुडियो, ठुलो खेलाडी बन्ने सपना देखेका सफलको असफल जिवन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ९ असोज : कास्कीको कास्कीकोटका १९ वर्षिय सफल कुँवर ५ वर्ष देखि फुटबल खेल्दै आएका थिए । उनलाई राम्रो फटबल खेलाडी बन्ने सपना थियो । जहाँ फुटबल खेल प्रतियोगिता आयोजना हुन्थ्यो उनि त्यहाँ खेल्न पगिहाल्थे ।

गत बैशाख २१ गते पनि उनि साथीहरुसँग पोखराको जैमुरेमा फुटबल खेल्न गए । खेल सुरु भएको २ मिनेटमा नै उनको पोटमा रहेको बललाई क्लियर गर्ने क्रममा आफ्नै टिमको साथीले उनको पेटमा हाने । सफलले केहि थाहा पाएनन् । खेल्न नसकेपछि उनि मैदानबाट बाहिरिए । साह्रै दुख्यो भन्दा उनलाई साथीहरुले नाटक गरेको भने । खेल नसकिदा सम्म उनि घर आउन पाएनन् ।

साथीहरुले घर ल्याएर छोडेपछि पनि निरन्तर दुखाई भएपछि उनि उपचारका लागि फिस्टेल अस्पताल गए । त्यहाँ गएपछि थाहा भयो उनको आद्रा ३ ठाउँमा चुडिएको रहेछ । उनको अप्रेसन भयो । आयोजक र अरु साथीहरुले राम्रो व्यवहार नगरेको सफलकी आमाले बताउनुभयो । अहिलेसम्म सफलको उपचारको लागि ९ लाख ३५ हजार बढि खर्च भईसकेको छ । अझै ८/१० लाख खर्च लाग्ने जनाइएको छ । सफलकी आमाले डोकोमा फलफुल बेचेर गर्दै आएको काम पनि अहिले राम्रोसँग गर्न सकेकी छैनन् । छोरो बिरामी भएपछि उनी डोकोमा फलफुल बेच्न जान पनि छोडेकी छन् ।

आर्थिक अवस्था कमजोर भएकी कारण सफलको उपचार नहुनेहो की भन्ने चिन्ता उनलाई छ । आफ्नो छोराको उपचारमा सहयोग गरिदिन उनले सबैलाई अपिल गरेकी छन् ।
विस्तृत जानकारीको लागि हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू