फूलमानको ‘नीरफूल’ को फस्ट लुक सार्वजनिक

admin

काठमाडौं:  संचारकर्मी फूलमान बलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ को पोस्टरमार्फत फस्ट लुक सार्वजनिक गरिएको छ ।आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको चारवटा पोस्टर रिलिज गरिएको हो । फिल्म भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित रहेको निर्देशक बलले बताए ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् । पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने कम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन् ।

फिल्म मार्फत निर्देशक बलले धादिङ स्थित रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेका छन् । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको निर्देशक बलले दाबी गरे । 

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका हुन् । फिल्ममा सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक बलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ गरेका छन् । वितरकमा भने गोविन्द शाही र मनोज राठी रहेका छन् ।

प्रतिक्रिया